तिलक मगर,२०७८ चैत ७ सोमबार
बडिगाड ३ सिसाखानीबाट सुरु गरिएको किशोरीहरुको लागि १ दिने आत्मरक्षा तथा प्रतिकार तालिम सोमबार पनि जारी रह्यो ।
जस अनुसार सोमबार बडिगाड गाउँपालिका वडा नं १ को खड्क देवी माध्यमिक बिद्यालयका ७५ जना किशोरीहरुलाई १ दिने आत्मरक्षा तथा प्रतिकार तालिम प्रदान गरिएको छ । सिसाखानी मा.बिका ४० जना किशोरीहरुले तालिम लिएका थिए ।

बडिगाड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयबाट आर्थिक सहयोग भई बडिगाड महिला तथा बालबालिका शशक्तिकरण केन्द्रको आयोजनामा आईतबारबाट किशोरी हिसां न्युनिकरणको लागि १ दिने आत्मरक्षा तथा प्रतिकार तालिम सुरु भएको हो ।
सिसाखानी मा.बि. बाट सुरु भएको यो तालिम १० दिन सम्म बडिगाड गाउँपालिका भित्रका मा. बि. बिद्यालयका किशोरीहरुलाई दिईने आयोजक बडिगाड महिला तथा बालबालिका शसक्तिकरण केन्द्रका सहजकर्ता बिना थापाले जानकारि दिनु भएको छ ।
करातेका राष्ट्रिय खेलाडि राजन कुमार पाईजा र राष्ट्रिय खेलाडि कपिल रोका मगरले किशोरीहरुलाई आत्मरक्षा तथा प्रतिकार तालिम दिनु भएको थियो ।
