कोहलपुरको अवस्था झनझन् तनावग्रस्त ,डीएसपी शाहीसहित ९ प्रहरी घाइते झन उग्र रुप

२२ मंसिर, काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकले एक बालिकालाई ठक्कर दिएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ ।
आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएको थियो ।

अहिले कोहलपुरको ‘अवस्था झनझन् बिग्रिरिदै गइरहेको छ । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।शाही लगायत अरु ९ जना कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर पनि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय