आज अन्तिम फाईनल , मलाई जिताउन एक लाख सेयर गरिदिनुहोला’

बिर्तामोड ,मङ्सिर २०। हिमालयन टेलिभिजन बाट प्रसारित चारचित रियालिटी शो द भ्वाइस अफ नेपालको सिजन टु को टप ४ मा परेका झापा बिर्तामोडका राम लिम्बूलाई जिताउन स्थानीय लाई अझ आक्रमका पारेका छन ।

आफूलाई मन परेको प्रतिस्पर्धीलाई भोट गर्दै आएका बिर्तामोडका युवाहरुले राम लिम्बू जिताऊ अभियान बनाएर सबैसँग भोट गर्न अपिल गरेका छन् । रामका फ्यानहरुले राम लिम्बूलाई भोट गर्न आह्वान गरे

बिर्तामोडमा कार्यालय स्थापना गरेर प्रचारप्रसारलाई तिव्रता दिँदै आएको अभियानका सल्लाहकार प्रकाश लिङ्देनले जानकारी दिए । उनका अनुसार बिर्तामोडमा मात्र नभएर धरान, इटहरी, दमक, इलाम, श्रीअन्तु, फिदिम, ताप्लेजुङलगायतका स्थानमा प्रचार सकियको जनायका छ्न ।

हामीले पैसा उठाएका छैनौँ, हामीले स्वेच्छाले आफैँबाट खर्च गरेर प्रचारप्रसार गरिरहेका छौँ’, उनले भने । करिब ४० हजारजतिको पम्प्लेटिङ, व्यानरिङमा खर्च भएको उनको भनाइ छ । उनीहरुले फ्यान क्लबजस्तै बनाएर अभियानलाई सफल बनाउन लागिपरेको र उपाधी समेत रामले नै उचाल्ने पनि सुनाए ।

अभियानको संयोजकमा आशिष बुढाथोकी रहेका छन् । उनी राम लिम्बूलाई सांगीतिक यात्रामा नेतृत्व गर्ने अगुवा हुन् । अभियानको सहसंयोजकमा अनिष सुवेदी रहेका छन् भने सचिवमा बाप्पा शाह, कोषाध्यक्षमा सुमन गुरुङ, सदस्यहरुमा आकाश उप्रेती, भरत राई, बेनु गुरुङ, रमेश गुरुङ, सुमन खत्री, इशान ओली र प्रविण गुरुङ रहेका छन् ।

अभियानको सल्लाहकारमा युवा नेतृत्व प्रकाश लिङ्देनसहित आशिष वन, मनोज बुढाथोकी, समिल राई र कैलाश प्रसाई रहेका छन् ।
अभियानका सचिव शाहका अनुसार विदेशमा रहेका राम लिम्बूका समर्थकले पैसा पठाउने भनिरहेका छन् तर आफैँ भोट गर्न आग्रह गरिरहेको बताइएको छ ।

झापा बिर्तामोड ३ बिर्ताबजारका बासिन्दा लिम्बूको पहिलो रोजाइ फुटबल खेलाडी बन्नु थियो । उनी एन्फाको छनौटमा पनि परे । तर, खेल दौरानमा उनको खुट्टामा चोट लागेपछि उनी घर फर्किएका थिए ।

स्थानीय ग्लोरी बोर्डिङ स्कुलको कक्षा १० मा पढ्दै गर्दा एउटा गायन प्रतियोगितामा भाग लिँदा उत्कृष्टको सूचीमा परेपछि उनी गायन क्षेत्रमा मोडिएका लिम्बू । बिर्तामोडमा ५ वर्षदेखि निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय २४ वर्षे यी युवा नेप्लिसियन ब्याण्डका भोकलिस्ट हुन् ।

टप १२ मा परेपछि बेस्ट पर्फमेन्स दिन सफल राम लिम्बूलाई भोट गर्नका लागि मोबाइलको मेसेज बक्समा ०८ कोड टाइप गरी ३७००० मा पठाउन सकिनेछ ।भ्वाइस अफ नेपालले विदेशमा रहेका समर्थकलाई प्रभु एप्स डाउनलोड गरेर भोटिङ गर्ने व्यवस्था मिलाएको छ । आयोजकले जतिसक्दो छिटो भोट गर्नका लागि आवान समेत गरेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय