स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा *ढिलाइ हटाउन दैनिक कार्य*समयमा अनुमतिपत्र छापिने

काठमाडौँ, २० मङ्सिर । स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन आगामी सातादेखि* दैनिक तीन कार्य समयमा अनुमतिपत्र छापिने भएको छ । ‘मास प्रिन्टर’मार्फत दैनिक धेरै घण्टा छापेर अहिले रहेको* अभाव हटाउने योजना बनाइएको हो ।

केही दिनदेखि ‘मास प्रिन्टर’ मार्फत छपाइ शुरु गरिएको यातायात व्यवस्था* विभागले जनाएको छ । अहिले दिनमा एक कार्य* समयमा मात्रै छपाइ भइरहेको विभागका महानिर्देशक* गोगनबहादुर हमालले बताउनुभयो । उहाँका अनुसार अहिले विभागका* सात जना कर्मचारीले उपकरण सञ्चालनको तालीमसमेत लिइरहेका छन् । *

उनीहरुले तालीम सकेसँगै उपकरण *पूर्णरुपमा चलाउन लागिएको हो । उहाँले भन्नुभयो, “एक साताभित्रमा* तालीम सकाएर मास प्रिन्टर पूर्णरुपमा छपाइमा जानेछ ।”

मास प्रिन्टरले दैनिक साढे सात हजारसम्म चालक अनुमतिपत्र* छाप्ने बताइएको छ । ‘मास प्रिन्टर’ सँगै विभागमा रहेका पुरानो छपाइ उपकरण (प्रिन्टर) पनि प्रयोगमा* आउने उहाँको भनाइ छ । पुरानो उपकरण कुनैमा समस्या आए पनि विभागले मर्मत गरेर* सञ्चालन गरिरहेको छ । रासस[][]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय