८२ वर्षे छोराको हेरचाह गर्दै सय वर्षे आमा

उमेर एक सय बर्ष पुग्यो तर, अझैपनि उनले आफ्नो ८२ बर्षीय छोराको हेरचाह गरिरहेकी छन् ।

यो कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ तर, बास्तविकता यही छ । हुन त यो घटना नेपालको नभई ईङ्ल्यान्डको हो ।

समाचार माध्यमहरुमा जनाइए अनुसार, लिवरपूल इङ्यान्डकी एक, सय वर्षीया एडा किन्टिगका चारजना सन्तान छन् ।

जसमध्ये सबै भन्दा जेठा छोरा टोम किन्टिग ८२ बर्षका भए । अविवाहीत नै रहेका उनि सन् २०१६ मा हेरचाह गर्ने कोही नभएपनि मास भ्यू केयरहोम गएका थिए ।

यो कुरा उनकी एकसय बर्षीया आमा एडाले थाहा पाईन र उनि निकै चिन्तित बनिन् ।

त्यसपछि छोराको हेरचाह गर्न उनीसँगै केयरहोम पुगिन् । त्यसयता उनीहरु तीन वर्षदेखि सँगै बस्दै आइरहेका छन् । उनी नर्स हुन् । उनीहरु दिनभरी सँगै हाँसखेल गर्छन् ।

विहान टोम उठ्नुभन्दा अगाडि नै एडाले उनको लागि खाना, खाजा तयार गर्ने गर्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय