साग महिला भलिबल फाइनल : दोस्रो सेटमा भारतविरुद्ध नेपालको जित

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबल फाइनलमा भारतमाथि नेपालले दोस्रो सेटमा जित निकालेको छ। पहिलो सेटमा भारतसँग १७-२५ ले पराजित भएको नेपालले दोस्रो सेटमा जित दर्ता गरेको हो।

नेपालको यो जितसँगै दुई सेटमा नेपाल र भारतले अंग बाँडेका छन्। दोस्रो सेटमा नेपालले भारतमाथि २५-२३ ले जित निकालेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा भएको फाइनलमा नेपालले प्रतिस्पर्धात्मक सेटमा जित निकालेको हो।

नेपाल श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै फाइनल पुगेको हो। शनिबार दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध ३-० को सोझो सेटको जित निकालेको थियो। यो नै अहिलेसम्म महिला भलिबलमा नेपालको ऐतिहासिक जित हो। यसअघि भएका सागमा नेपालले कास्य पदक मात्र हात पार्न सकेको थियो।

भारत सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ३–० को सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको हो। समूह चरणको खेलमा भने नेपाल भारतसँग पराजित भएको थियो। भारतसँग पराजित भए पनि समूह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। फाइनलको पहिलो सेट भारतले जितेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय