टेलिभिजन अन्तरवार्तामा किन रोइन् आलिया ?

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट एक टेलिभिजन कार्यक्रममा सार्वजनिक कार्यक्रममा रोएको विषय अहिले सामाजिक संजाल र मिडियामा चर्चाको विषय बनेको छ । वि द विमन इभेन्टमा आफ्नी दिदी शाहीन भट्टसँग पुगेकी आलिया आफ्नी दिदीका बारेमा बोल्दै भावुक बनेकी हुन् । आलियाले आफ्नी दिदी आफ्नो परिवारको सबैभन्दा प्रतिभावान भएको बताउदै आफुले आफ्नी दिदी जति दिनुपर्ने जति सहयोग गर्न नसकेको बताउदै भावुक बनेकी हुन् ।

 

आफ्नी दिदी डिप्रेसनमा गएको विषय किताबको रुपमा आउदा आफु खुशी नभएको बताउदै आलिया किताब आएपछिको प्रतिक्रियाले आफ्नी दिदीलाई खुशी देखेको बताएकी थिइन् । शाहीनले एक बर्ष अगाडी आफ्नो डिप्रेसनका विषयमा ‘आई’ नेभर बिन ‘अन’ ह्यापीयर किताब लेखेकी थिइन् । किताबमा मानसिक स्वास्थ्यको बारेमा उल्लेख रहेको छ ।

 

यस कार्यक्रममा शाहीनले आफु १७ बर्षको हुदा आत्महत्या गर्ने प्रयास गरेको बताएपछि आलिया भावुक बनेकी थिइन् । आलियाको २०२० मा सडक-२, ब्रह्मास्त्र र त्रिपल आर गरी तीन ठुला फिल्म आउदै छन् । आलियाको पछिल्लो फिल्म कलंक रिलिज भएको थियो, जुन बक्स अफिसमा फ्लप भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय