पैसा लिएर जग्गा नदिने दलाललाई महिलाले सडकमा दौडाइ दौडाइ चप्पलले कुटिन्

काठमाडौं। पहिल्यै पैसा लिएर जग्गा नदिने एक दलाललाई एक महिलाले सडकमा दौडाइ दौडाइ चप्पलले कुटेको भिडियो सामाजिक संजालमा चर्चामा छ । कोयलांचलको नामबाट चर्चित झारखण्ड राज्यको धनबाद शहरमा यी दलाल अचानक सडकमा देखिएपछि ती महिला रिसले आगो भएकी थिइन् । महिलाले सडकमै दलाललाई पैसा लिएर जग्गा नदिएको आरोप लगाउँदै लात मुक्का र चप्पलले कुटपिट गरिन् ।

दलाललाई कुटपिट गरिएको भिडियो तीव्र रुपमा भाइरल भइरहेको छ । महिलाका अनुसार ती दलालसँग ४ लाख रुपैयाँमा जमिनको लेनदेन तय भएको थियो । त्यसमध्ये २ लाख रुपैयाँ नगद र २ लाख रुपैयाँको चेक दिने सहमति भएको थियो । तर दलाले २ लाख रुपैयाँ नगद लिएपछि पनि उनलाई जमिन दिएनन् । महिलाका अनुसार लक्ष्मी विश्वकर्मा नामका दलालले जग्गा दिने नाममा उनीसँग २ लाख रुपैयाँ लिए र जग्गा दिएनन् ।

महिलाका अनुसार दलालले जग्गा दिनुको सट्टा निर्धारित समयभन्दा पहिल्यै बैंकमा चेक साट्न गए र जब चेक बाउन्स भयो त्यसपछि उल्टै महिलाविरुद्ध थानामा केस गरिदिए । अचानक एक दिन बजारमा दलाललाई देखेपछि महिलाको रिसको पारो चढ्यो । उनले दलाललाई त्यहीँ लात मुक्काले कुटपिट गरिन् । यतिले पनि चित्त नबुझेपछि उनले दलाललाई दौडाइ दौडाइ चप्पलले कुटिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय