र्‍यालीसहित मनोनयन दर्ता गरिने

मंसिर १४ को हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको मनोनयन बिहीबार हुँदैछ । गण्डकी प्रदेशको कास्की २ मा प्रतिनिधीसभा र बाग्लुङ २ ‘ख’ मा प्रदेशसभाको उपनिर्वाचन हुँदैछ । कास्कीमा मनोनयन दर्ताको समय बिहान १० बजेदेखि १ बजेसम्म तोकिएको छ ।

निर्वाचन आयोगले कार्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुनेसहितको कार्यतालिका सार्वजनिक गरेको छ ।

बमबमबम
ती उम्मेदवारहरुको अन्तिम नामावली भने कार्तिक २४ गते प्रकाशन हुने जनाएको छ । स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी मनोनयन आगामी कार्तिक २७ गते हुनेछ ।

कास्कीमा मुख्य ठुला दल नेपाल कम्युनिष्ट पार्टी र कांग्रेसले मनोनयन र्‍यालीसहित गर्ने भएका छन् । सत्तारुढ नेकपाले बिहीबार बिहान १० बजे पार्टी कार्यालय शान्तिवनमा भेला हुने र झाँकी, बाजागाजा सहितको र्‍याली लिएर मनोनयन दर्ता गर्न जाने कार्यक्रम बनाएको छ । मनोनयन पश्चात पहिलो चुनावी सभा पनि गर्ने र सोही दिन निर्वाचन परिचालन कमिटीको कार्यालय उद्धाटन गर्ने नेकपाले जनाएका छ ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि र्‍यालीसहित उम्मेदवार दर्ता गर्ने जनाएको छ । बिहान साढे १० बजे सभागृहचोकमा भेला हुने र र्‍यालीसहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम राखिएको हुँदा सबै कांग्रेस कार्यकर्तालाई उपस्थित हुन अनुरोध गरिएको छ ।

सत्तारुढ नेकपाले यसपटकको निर्वाचनमा रविन्द्र पत्नी विद्या भट्टराईलाई मैदानमा उतारेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले खेमराज पौडेललाई टिकट दिएको छ । यस्तै, साझा पार्टीले रजनी केसी, समाजवादी पार्टीले धर्मराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी र विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाएको छ ।

स्रोत=https://baahrakhari.com/news-details/223835/0000-00-00

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय