क्रिकेटसँगै गायनमा उदाउँदै सन्दीप

काठमाडौं : व्यवसायिक क्रिकेटमा नेपालका सबैभन्दा सफल खेलाडी हुन् सन्दीप लामिछाने । लेग स्पीन बलिङको कलाका कारण उनी विश्वका चर्चित क्रिकेटरसँग ठूला(ठूला प्रतियोगिता खेल्न् अवसर पाइरहेका छन् । सन्दीप क्रिकेटमा मात्रै नभए एक गायकको रुपमा पनि आफूलाई अगाडी बढाउन प्रयासरत छन्।

सन्दीपले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रबार मात्रै उनले आफ्नो युट्युब च्यालनमा बगि जाने खोलाको के नै भर छर रु।।।। बोलको गीत अपलोड गरेका छन् । अडियो मात्रै रहेको उक्त गीतको संगीतकार तथा रचनाकारबारे केही उल्लेख गरिएको छैन्।

यसअघि सन्दीपका उदास थियो मेरो यो पन।।।, कता कता आफैंभित्र हराइरहन्छु।।।, यो झरीमा तिमीसँगै।।।।, ताजै छ मेमरी।।। जस्ता गीतहरु सार्वजनिक छन्।

सन्दीपका यस अघिका गीत पप लयका थिए । हालको गीतमा भने लोक लय मिश्रित छ । १९ वर्षकै उमेरमा विश्व क्रिकेट दुनियाँमा आफूलाई स्थापित गराउन सफल सन्दीप आफू क्रिकेटर नभएको भए गायनमा लाग्ने बताउदै आएका छन् । क्रिकेटमा स्पीन बलिङको जादूले स्थापित भएका सन्दीप स्वरको जादुले संगीत प्रेमीको मन जित्न कति सफल होलान् रु

सन्दीपको नयाँ गीतhttps://www.youtube.com/watch?v=rEIrOlYBL0c

स्रोत=http://annapurnapost.com/news/139471

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय