अवैध घरेलु मदिरा नष्ट

प्रहरीले १२ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। वडा प्रहरी कार्यालय घोराहीले घोराही उपमहानगरपालिका विभिन्न स्थानबाट संकलन गरेको एक हजार दुई सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो।

प्रहरीले अवैध घरेलु महिरा घोराही उपमहानगरपालिका–१७ को पनौरा स्थित कटुवा खोलामा नष्ट गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराई, घोराही उपमहानगरपालिका–१५ का वडा अध्यक्ष रमेश पाण्डेलगायतले अवैध घरेलु मदिरा नष्ट गरेको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक शशी शर्माले जानकारी दिए।

प्रहरीले अवैध घरेलु मदिरा घोराहीका तुलसीपुर चोक, बसपार्क, गोर्खा टोल, रझेना चोक लगायतका बजारका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले दसैंअघि पनि धेरै मात्रामा घरेलु अवैध मदिरा नष्ट गरेको थियो। घोराही उपमहानगरपालिका–१८ र १३ को विभिन्न टोलहरुबाट नियन्त्रणमा लिएको घरेलु मदिरा नष्ट गरेको थियो। वडा नम्बर १८ का विभिन्न टोलहरुलाई मदिरा निषेधित क्षेत्र घोषणा समेत गरिएको छ।

स्रोत=https://nepalnews.com/news/nation/10354-2019-10-25-13-37-13

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय