नेपाल लोक स्टार’को ग्रान्ड फिनाले आज

 

काठमाडौं । मौलिक रियालिटी शो ९सांगीतिक प्रतियोगिता० ‘नेपाल लोक स्टार’को ग्रान्ड फिनाले आज हुँदैछ । काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमार्गमा ग्रान्ड फिनाले हुने आयोजकले जनाएको छ ।

दिउँसो ४ बजेबाट ८ बजेम्म फिनाले चल्नेछ । उक्त ग्रान्ड फिनालेबाट पहिलो नेपाल लोक स्टार घोषणा गरिने आयोजकले जनाएको छ ।

‘नेपाल लोक स्टार’मा चार जना प्रतिस्पर्धीलाई फाइनलमा पुगेका छन् । रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे फाइनलमा पुगेका हुन् । ३२औं श्रृंखलाबाट चार उत्कृष्ट फाइनलिष्ट तयार भएका थिए ।

‘नेपाल लोक स्टार’का अनुसार गत शनिबार दिउँसो १२ बजेबाट आज दिउँसो १२ बजेसम्म चार प्रतिस्पर्धीलाई स्रोता तथा दर्शकले भोट गर्न पाउने छन् । प्राप्त भोटका आधारमा विजेता घोषित हुने छन् ।

उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको थियो । ‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक छन् ।

विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख ९करसहित० र तेस्रो हुनेलाई १० लाख रुपैयाँ ९करसहित० पुरस्कार प्रदान गरिने छ ।

स्रोत=https://baahrakhari.com/news-details/222209/0000-00-00

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय