कांग्रेसमा फेरि विवाद स् विभाग थप्ने देउवाको प्रस्ताव

 

कात्तिक ८, २०७६ काठमाडौं । विभागको संख्या बढाउने गरी सभापति शेरबहादुर देउवाले प्रस्ताव ल्याउने तयारी गरेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। बिहीबार बोलाइएको केन्द्रीय समिति बैठकमा आसन्न उपनिर्वाचनका सम्बन्धमा छलफल गर्ने भनिए पनि सभापति देउवाले विभाग संख्या बढाउने प्रस्ताव बैठकमा राख्ने तयारी गरेका थिए।

सभापति देउवाको प्रस्तावमाथि वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए। पौडेल पक्षधर नेताहरू बैठकमा सहभागी नभएपछि सभापति देउवाले बैठक स्थगन गरेका हुन्।अन्नपूर्ण पोस्टमा खबर छ ।

source:https://lokaantar.com/samachar/90110

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय