हेर्नु होस् अब  कसरी छनौट गर्ने टिकाउ जुत्ता-चप्पल ?

केहि समय अघिसम्म पनि महिलाहरुले केवल आफ्नो पहिरनमा मात्र ध्यान दिन्थे । पहिरन फेसन अनुरुप लगाएपछि आफुलाई फेसनेवल भएको महशुस गर्थे । तर आज ती युवतीलाई फेसनेवल मानिन्छ, जसले पहिरन अनुसारको मेकअप तथा फुटवेयरको छनौट राम्रोसँग गर्छिन् ।

आजको दिनमा जति पहिरनलाई महत्व दिइन्छ, त्यति नै फुटवेयरलाई महत्व दिन आवश्यक छ । यद्यपि, फूटवेयर किन्नुभन्दा केही कुराहरुमा ध्यान दिनु अनिवार्य छ|

फेसन को जमनमा जुत्ता चप्पल अहिले मानिस हरु को लागि धेरै नै महत्तपूर्ण मनिएको छ| तेही भएर जुत्ता चप्पल किन्नु भन्दा पैला धेरै ध्यान दिनु पर्छ|
जस्तो यदि तपाईंको पहिरन आकर्षक छ, तपाईं सुन्दर देखिनु भएको छ भने त्यही अनुसारको फुटवेयर लगाएको हुनुपर्छ । त्यसैले आफ्नो पहिरन र स्टाइल अनुसारको फुटवेयर छनोट गर्नु पर्छ ।

प्रायः होचो कदका युवतीहरुले आफूलाई अग्लो देखाउनका लागि अग्लो हिल भएका जुत्ता किनेको पाइन्छ, जुन सही होइन । तपाईंको उचाइ कम भए पनि, बढि भए पनि तपाईंले मध्यम हिल भएको फुटवेयर छनोट गर्नु पर्छ ।

यदि तपाईंको उचाइ अग्लो छ भने तपाईंले हेण्डवर्क गरिएको फुटवेयर छान्नु उपयुक्त हुन्छ । अग्ला युवतीहरुलाई गाढा तथा चम्किलो रंगका फुटवेयर सुहाउँछ । यसको ठिक विपरित, यदि तपाईंको शरीरको उचाइ कम छ भने तपाईंले हल्का तथा फेड रंगका फुटवेयर किन्नु पर्छ । होचो उचाइ भएका युवतीहरुले चम्किला, डिजाइनदार फुटवेयर नछानेकै राम्रो मानिन्छ ।

जुत्तँ-चप्पल किन्ने सबैभन्दा राम्रो समय कुन होला ? यो एउटा रमाइलो जिज्ञासा हुनसक्छ । फेसन पारखीहरुका अनुसार प्र्राय साँझको समय पारेर फुटवेयर किन्नु उचित हुन्छ । साँझपख खुट्टा सुन्निने भएकाले खुट्टाको साइजको उचित अनुमान लगाउन सकिन्छ, त्यही अनुसारको फुटवेयर किन्न सहज हुन्छ ।

तपाईंले बजारमा फुटेवयर किन्दै हुनुहुन्छ र त्यसका लागि खुट्टामा लगाएर साइज नियाल्दै हुनुहुन्छ भने उभिएर त्यसो गर्नु होला । तपाईंले उभिएर फुटवेयरको आकार परीक्षण गर्नु भयो भने तपाईंको शरीरको तौलले त्यो धेरै थिचियो भने त्यसलाई छाडेर अर्को फुटवेयर लिंदा राम्रो हुन्छ । त्यसक्रममा तपाईंले नयाँ फुटवेयर लगाएर केही पाइला हिंड्दा पनि सही परिक्ष्ँण हुन सक्छ ।

ढाड दुख्ने तथा पैताला दुख्ने समस्या छ भने तपाईंले अग्लो हिल भएका फुटवेयर हेर्दै नहेर्दा ठिक हुन्छ । अग्लो हिल भएका फुटवेयरमा शरीरको तौलको दवाव पैतालाको अघिल्लो भागमा पर्ने भएकाले मोटा व्यक्तिले पनि अग्लो हिल भएका फुटवेयर छनोट गर्नु हुँदैन ।

यदि तपाईंलाई घुँडा दुख्ने समस्या छ भने हल्का हिल भएको फुटवेयर उपयुक्त हुन्छ । त्यसले पैतालाको अघिल्लो भागको तनाव समेत कम गर्छ ।

अग्लो हिल भएका फुटवेयर लगाएर धेरै हिँड्नु हुँदैन । यसले तपाईंको खुट्टामा समस्या हुन्छ । अग्लो हिल लगाएर हिंड्नै छ भने यो समलत भागका लागि मात्र उपयुक्त हुन्छ । दुई ईन्च भन्दा अग्लो हिल लगाउनु हुन्छ भने तपाईंले शरीरलाई सन्तुलनमा राख्न सक्नु हुन्छ वा हुन्न, सहजै हिंड्न सक्नु हुन्छ अथवा हुन्न भन्ने कुरालाई पनि विचार गर्नु पर्छ ।

फुटवेयर लगाउँदा तपाईंको औंलाही एक-अर्कामा खप्टिनु हुँदैन, दुई वटा औंलाको बीचमा केही दुरी कायम रहनु पर्छ ।

सधैं फ्ल्याट फुटवेयर लगाउने गर्नु भएको छ भने कहिलेकाहिं हल्का हिल भएको फुटवेयर पनि लगाउने बानी बसाल्नु पर्छ ।

फुटवेयर किन्दा जहिले पनि गुणस्तीयर तथा ब्रँण्डेड कम्पनिको मात्र किन्नु पर्छ ।

तपाईंले लगाइरहनु भएको जुत्ता अथवा चप्पल च्यातियो भने एक-दुई पटक सिलाएर लगाउनु त ठिकै हो, तर पटक-पटक सिलाएर लगाउनु भयो त्यो राम्रो देखिंदैन । पटक-पटक सिलाएर लगाउँदा खुट्टालाई पनि असहज हुन सक्छ ।

फुटवेयर आफ्नो खुट्टालाई सुहाउने आकारको हुनु पर्दछ । अर्को कुरा उक्त फुटवेयर लचिलो हुनु पनि आवश्यक छ ।

रेक्सिन तथा प्लास्टिकबाट बनेका फुटवेयर सकेसम्म प्रयोग गर्नु हुँदैन । त्यस्ता फुटवेयरले खुट्टा गुम्सिने सम्भावना हुन्छ ।

यदि तपाईं छालाका जुत्ता अथवा चप्पल प्रयोग गर्नु हुन्छ भने तीनलाई नियमित पोलिस गर्नु पर्छ ।

धेरै समयसम्म जुत्ता लगाउँदा तपाईंको खुट्टा गन्हाउने समस्या छ भने क्लोज शू लगाउनु हुँदैन । यदि तपाईंमा त्यस्तो समस्या छ भने तपाईंले ओपन शूज नै छनोट गर्नु पर्छ ।

फुटवेयरको भित्री भाग (तलुवा) नरम हुनुपर्छ । खुट्टाको पैताला पर्ने भाग नरम हुन अनिवार्य छ ।

फुटवेयरको गोलीगाँठोनिरको भाग बलियो हुनुपर्छ । जुत्ता लगाउँदा त्यसले गोलीगाँठोलाई कसिलो पारेको अनुभव गराउने हुनुपर्छ ।

यदि तपाईंले फ्ल्याट चप्पल किन्ने निर्णय गर्नु भएको छ भने त्यसलाई एक पटक हल्का हातले दोबार्ने प्रयास गर्नु होला । सहर्ज दोब्रिने तथा नदोबि्रने दुबै प्रकारका चप्पल राम्रो मानिंदैन ।

तपाईंको खुट्टा भद्दा देखिन्छ भने हल्का हिल भएको फुटवेयर लगाउनु पर्छ । यसका साथै सकेसम्म खुट्टा नदेखिने तथा अँध्यारो रंगका फुटवेयर छनोट गर्नु पर्छ ।

तपाईंले रंगीन पहिरन लगाउनु भएको छ भने साधारण जुत्ता-चप्पल लगाउनु पर्छ ।

जाडो मौसममा जुत्तसंग मोजा लगाउन बिर्सन हुँदैन, तर चप्पलमा मोजा लगाउँदा चाहिं खासै सुहाउँदैन ।

स्टाइलिस जुत्ता-चप्पलसंग बाक्ला मोजा सुहाउँदैन, तीसँग पातला मोजा लगाउनु पर्छ ।

यदि तपाईं कामकाजी हुनुहुन्छ भने आफ्ना अफिसको भुईं अनुसारको फुटवेयर छनोट गर्नु पर्छ ।

जुत्ता लगाउने व्यक्तिले खुट्टाका औंलाहरुको नङ बेला-बेलामा छोट्याइरहनु पर्छ ।

अन्त्यमा, जुत्ता-चप्पल किन्नका लागि धेरै भिडभाड भएको बेलामा नभइ पसल खालि-खालि भएको बेला किन्नु पर्छ । हतारमा जुत्ता-चप्पल किन्नु भनेको पुनः दोहोर्‍यार त्यहाँ जार्नु पर्ने बाध्यता निम्त्याउनु हो । त्यसैले जुत्ता-चप्पल किन्दा समय, अवसर र वातावरणलाई पनि विचार गर्नु पर्छ ।
अनी मात्र जुत्ता चप्पल राम्रो , टिकाउ हुने छ|

स्रोत=http://www.onlinekhabar.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय