काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका सेना प्रमुख मनोज मुकुन्द नरभानेलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदबी नदिन जंगी अड्डलाई मौखिक निर्देशन दिएको खुलेको छ ।

चीनको उक्साहटमा नेपालले कालापानी र लिपुलेकको बिषय उठाएको जबाफ दिएर बिबादमा तानिएका भारतीय सेना प्रमुख नरभाने नेपालको मानार्थ सेनापतिको पद लिन अब कुनै हिसाबले योग्य नभएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस्तो निर्देशन दिएका हुन ।


ADVERTISEMENT
loading...

प्रधानमन्त्री ओलीको मौखिक निर्देशनपछि नरभानेलाई मानार्थ सेनापतिको पद्वी दिने सबै कार्यक्रम जंगी अड्डाले रद्ध गरिसकेको उच्च स्रोतले जानकारी दिएको छ । ‘नेपालको सीमा अतिक्रमण जाहेज छ । तिमीहरुले बिरोध ग¥यौ भने सैनिक शक्तिद्वारा समस्याको हल गरिने छ भनेर धम्कीपूर्ण भाषा बोल्ने सैनिकलाई नेपालीले मानार्थ प्रधानसेनापति स्वीकार्न सक्दैनन् ।’

प्रधानमन्त्री ओलीले भनेका थिए ‘परम्परा जे होस, तर नेपाल र नेपालीको भाबनामाथि प्रहार गर्ने ब्यक्तिलाई सेनापति भनेर मान्न सकिदैन ।’ यस कदमले नेपालमा गणतन्त्र स्थापनायता नरभाने मात्र नेपाली सेनाको मानार्थ सेनापति हुनबाट बन्चित हुने भएका छन् ।

गएको जेठ २ गते भारतीय सेना प्रमुख नरभानेले लिपुलेकको मुद्दा चीनको इशारामा नेपालले उचालेको भनेर विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले नेपाल, भारत र चीनको त्रिदेशीय क्षेत्रमा पर्ने लिपुलेकमा निर्माण भएको बाटामा कुनै समस्या नभएको बताउँदै चीनप्रति लक्षित गरेर यो विषय नेपाल आफैंले अगाडि नबढाएको बताएका थिए ।

उक्त बाटो धार्मिक प्रयोजनक लागि खोलिएको र मानसरोवर जानका लागि भारतीय तिर्थयात्रीको सहजताका लागि मात्र खोलिएको उनको भनाई थियो । जब कि त्यहाँ १९ किलोमिटर भूमी नेपालीको पर्छ भनेर उन्लाई राम्रोसँग जानकारी भएको बिषय थियो ।भारतले उक्त बाटो उद्घाटन गरेपछि नेपालले त्यसको बिरोध जनाउँदै भारतको आधिकारिक धारणाका लागि सरकारले कुटनैतिक नोट पठाएको थियो ।

यो कुटनीतिक नोटको जबाफ आउनुअघि नै नरभानेले यस्तो अभिब्यक्ति दिएका थिए ।नरभाने डिसेम्बर ३१ मा भारतको सेनाअध्यक्षमा नियुक्त भएका थिए । उनी सेनाअध्यक्ष भएपछि नेपाल भ्रमणमा आएका छैनन् । त्यसैले उनले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिन्ह ग्रहण गरिसकेका छैनन् ।

मानार्थको परम्परा

बिगत लामो समयदेखि नेपाल र भारत दुवै देशले एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने गरेको पाइन्छ । दोस्रो विश्वयुद्धको अन्त्यपछि सन् १९४५ बाट यो परम्परा सुरु भएको सेनाबिज्ञहरुको भनाई छ । सन् १९४५ मा तत्कालीन ब्रिटिस भारतका सेनाप्रमुख सर क्लाउडेले नेपालको मानार्थ जर्नेलको उपाधि पाएका थिए । त्यतिबेला जुद्ध शमसेर राणा प्रधानमन्त्री थिए ।

नेपाली सेनाले १९४५ अक्टोबर पहिलो साता ब्रिटिस सरकारका तर्फबाट जापानसँग युद्ध लडेका थिए । उक्त लडाई सम्पनन भएपछि नेपाली सेनाको पल्टन स्वदेश फर्कियो । नेपाली सेनाप्रति कृतज्ञता प्रकट गर्न र एक आपसमा भइरहेको सहयोगलाई निरन्ता दिने उद्देश्यले २४ अक्टोबर ०४५ मा तत्कालीन ब्रिटिस भारतका सेनाप्रमुख सर क्लाउडेले नेपाल भ्रमण गरेका थिए । त्यस अवसरमा उनलाई मानार्थ जर्नेलबाट सम्मान गरिएको थियो ।

राणा प्रधानमन्त्री वीर शमशेरले सन् १९५० देखि भने यो प्रचलनलाई निरन्तरता दिए । त्यतिबेला नेपाली गोर्खा सैनिकले तत्कालीन ब्रिटिस इन्डियाको मातहतमा काम गर्न थालेको थियो । उनीहरुलाई प्रोत्साहित गर्न र बफादारिता देखाउन् भनेर सुरुमा उनीहरुले प्रमुख सेनानीबाट सम्मान गर्न थालेको ईतिहास छ । त्यसैले यो प्रचलन ब्रिटीश इन्डियाबाट सुरु भएको हो ।

तर ब्रिटिसले भारत छोडेपछि पनि यसले निरन्तरता पाउँदै आयो । पछि ब्रिटिशकै सल्लाहमा भारतीय सेनाले राजा त्रिभुवनलाई मानार्थ महारथीबाट सम्मान गर्न खोजेका थिए ।राजा त्रिभुवनले यो सम्मानलाई अस्वीकार गरेपछि भने यहाँका सेनप्रमुखलाई मानार्थ महारथीबाट सम्मान गर्न थालिएको बताइन्छ । – ई आर्थिकबाट

loading...